२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भलिबल टोलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिनुभएको छ ।

काठमाडौँमा जारी नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा)महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगिता अन्तर्गतग शनिबार भएको प्रतिस्पर्धामा नेपाली टोलीले भारतमाथि ऐतिहासिक जित निकालेको थियो ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले नेपाली टिमलाई बधाई दिनुभएको हो ।

उहाँले भन्नुभएको छ –
काठमाडौँमा जारी नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगिता अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा नेपालले भारतलाई पराजित गरेकोमा यो ऐतिहासिक जितका लागि नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई छ !