२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दंगा भड्काएको आरोपमा पत्रकारलाई फाँसी

दंगा भड्काएको आरोपमा पत्रकारलाई फाँसी
अ अ+ अ-

तेहरान । इरानका एक पत्रकारलाई दंगा भड्काएको आरोपमा फाँसी दिइएको छ । पत्रकार रुहोल्लाह जामलाई मेसेजिङ एपका माध्यमबाट दंगा भड्काउने कुकृत्य गरेको आरोपमा शनिबार फाँसी दिइएको सरकारी सञ्चार माध्यमले जनाएको छ । सर्वोच्च अदालतले उनको फाँसीकोे सजायलाई कायम गरेको थियो । फ्रान्समा शरण लिइरहेका जाम कसरी गिरफ्तार भए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गतवर्ष इराक गएलगत्तै उनलाई गिरफ्तार गरिएको बताइएको छ ।

‘जाम अमादन्युज’ नामक एक सरकारविरोधी लोकप्रिय फोरम चलाउँथे । इरानमा अमादन्युजमा सन् २०१७ र १८ को देशव्यापी विरोध प्रदर्शनलाई भड्काएको आरोप लगाइएको थियो । १० लाखभन्दा धेरै फलोअर्स भएको अमादन्युजले मेसेजिङ एप टेलिग्राममा विरोध प्रदर्शनकारीहरूको भिडियो र इरानी अधिकारीहरूका बारेमा कयौं जानकारी साझा गरेको थियो ।

इरान सरकारले यो नेटवर्कलाई बन्द गराइएको थियो, तर पछि यसलाई अर्कै नामबाट शुरू गरियो । सुधारवादी इस्लामिक विज्ञ मोम्मद अलि जामका छोरा रुहोल्लाहलाई इरानमा सबैभन्दा गम्भीर अपराध भ्रष्टाचारको आरोपमा दोषी ठहर्‍याइएको थियो । यद्यपि, मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जाम अनुचित सुनवाइको शिकार भएको जनाएको छ । जहाँ उनलाई जबरजस्ती अपराध स्वीकार गराइएको थियो ।

केही दिनअघि फ्रान्सको विदेश मन्त्रालयले जामको मृत्युको सजायको फैसला इरानमा अभिव्यक्तिको स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला भएको बताएका थिए । सन् २००९ को विवादित राष्ट्रपति चुनावपछि जामलाई इरानमा हिरासतमा लिइएको थियो । तर, पछि उनी फ्रान्समा शरण लिन सफल भएका थिए ।

इरानको रिभोलुसनरी गार्ड कप्र्सले आधुनिक प्रविधि र रचनात्मक तरिकाबाट विदेशी गुप्तचर सेवालाई झुक्याउन सफल भएको र जामलाई गिरफ्तार गरिएको बताएको थियो । जाम फ्रान्स, इजरायल र अमेरिकी गुप्तचर एजेन्सीको सुरक्षा रहेको पनि रिभोलुसनरी गार्डले आरोप लगाएको थियो । नेपाल समाचारपत्र दैनिक