२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु



अ+ अ-

नयाँदिल्ली । भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर उत्तरपूर्वमा पर्ने सागर जिल्लाको शाहपुर गाउँमा पर्खाल भत्किएको हो ।

“आइतबार शाहपुरको हरदौल बाबा मन्दिर नजिकै भएको दु:खद घटनामा १० देखि १५ वर्ष उमेर समूहका नौ बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मन्दिरको छेउमा रहेको घरको भित्ता ढल्दा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि मानिसहरू मन्दिरमा जम्मा भएका थिए,” एक प्रहरी अधिकारीले भने ।

पचास वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको उहाँले बताउनुभयो ।

घटना लगत्तै उद्धार र भग्नावशेषमुनिबाट मृतकलाई निकाल्न प्रकोप प्रतिकार्य बलका जवानहरू र प्रहरी टोलीहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले जनाएका छन् ।

घाइते बालबालिकालाई उपचारका लागि अस्पताल लगिएको छ ।

त्यसैगरी, शनिबार भएको राज्यको रीवा जिल्लामा एक अर्को घरको पर्खाल भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ । पाँचदेखि सात वर्ष उमेर समूहका ती बालबालिका विद्यालयबाट फर्कंदै गर्दा पर्खाल भत्किएको थियो ।