२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर



फाईल फोटो
अ+ अ-

वालिङ । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।

वालिङ नगरपालिका पञ्जिकरण शाखाका ‘फोकल पर्सन’ नारायण रेग्मीका अनुसार आव २०७९र०८० मा दुई सय २२ घरधुरीका आठ सय १२ जना बसाइँ सरी गएका थिए । सोही आवमा ७५ घरधुरीका दुई सय ८४ जना बसाइँ सरी आएका थिए ।

आव २०८०र०८१ मा एकसय ८१ घरधुरीका छ सय पाँच जना बसाइँ सरी गएका छन् । सोही आवमा ५५ घरधुरीका एकसय ९७ जना बसाइँ सरी आएका छन् ।

वालिङ नगरपालिकाका केही वडामा बजार विस्तार भइरहेको छ । केही वडा ग्रामीण र भौगोलिक दृष्टिले विकट छन् । ग्रामीण तथा विकट क्षेत्रबाट बजारमा बसाइँ सर्ने र बजारमा बस्दै आएकाहरु ठूला शहर तथा विदेश जाने प्रचलन बढ्दै गएको हो ।

“स्वास्थ्य, शिक्षा र अन्य सुविधाका लागि ग्रामीण वडाबाट शहरी वडामा बसाइँ सरेर आउने र शहरी वडाबाट अन्यत्र बसाइँ जाने गरेको देखिन्छ”, रेग्मीले भन्नुभयो, “समग्रमा नगरपालिकाभित्र आउनेभन्दा जाने बढी देखिएको छ ।”

नगरका १४ वटा वडाबाट बसाइँसराई गर्ने केही नगरभित्रकै एउटा वडाबाट अर्को वडामा गएको र धेरैजसो वालिङभन्दा अन्यत्र गएको तथ्याङ्क छ । वालिङमा उच्च शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता कारणले गर्दा यहाँबाट बसाइँसराई गरी अन्यत्र जाने गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

“बसाइँसराईका मुख्य कारण स्वास्थ्य, शिक्षा, रोजगारी मुख्य हुन् भने अन्य कारण पनि हुन सक्छन्”, उहाँले भन्नुभयो, “वालिङमा बसाइँ सरी आउनेभन्दा जाने धेरै हुनु पक्कै राम्रो कुरा होइन, यो गम्भीर विषय भएकाले यो छलफलको विषय बनाउनु जरुरी छ ।”

यहाँका नागरिकलाई वालिङमै रहने वातावरण बनाउन वालिङ नगरपालिकाकोतर्फबाट गर्न सकिने सबै प्रयास गर्न नगरपालिका प्रतिवद्ध रहेकोे उहाँले बताउनुभयो ।

वालिङमा सुविधा सम्पन्न अस्पताल नहुनु, सिद्धार्थ राजमार्गलगायतका सहायक सडकको स्तरोन्नति नहुनु, उच्च शिक्षा अध्ययनकालागि विद्यालय नहुनु, पछिल्लो समय वालिङमा महङ्गी धेरै हुनु जस्ता कारण पनि यहाँबाट मानिस अन्यत्रै जाने गरेको हुनसक्ने अनुमान गरिएको छ । रासस