१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसेपाटीस्थित सुविधासम्पन्न आवासमा सर्न थाले मन्त्री



अ+ अ-

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आवासबाट मन्त्रीहरु भैसेपाटीको सुविधासन्पन्न नयाँ आवासमा सर्न लागेका छन् । अहिलेसम्म राष्ट्रिय सभाका उपाध्यक्ष र चार जना मन्त्री भैंसेपाटीस्थित आवासमा सरेका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी नयाँ भवनमा सरेका हुन् ।

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे पनि नयाँ आवासमा सरिसकेकी छन् । एक साताभित्र थप आठ मन्त्री नयाँ आवासमा सरिसक्ने भएका छन् ।

मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय हुने व्यवस्था छ । त्यसैले २४ मन्त्री तथा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षका लागि एक–एक भवन बनाइएको छ । बहुउद्देश्यीय सभाहल, हेल्थ क्लब, स्विमिङ पुल, सुरक्षा जवानहरूको निवासलगायत संरचना भने अझै निर्माण भइसकेका छ्रैनन् ।