२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजो राजाका कारण प्रगती भएन भन्नेहरु आज ब्रम्हलुटमा मस्त छन् – कमल थापा



अ+ अ-

ललितपुर : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश बिकास भएन भन्नेहरु नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन् । राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरु आज सर्बसत्ताबादी भएर प्रकट भएको समेत थापाको आरोप छ ।

पार्टीको ललितपुर जिल्ला समितिद्वारा आज कुमारिपाटिमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले रोग, भोक,अशिक्षा, गरिबि र पछौटेपनको कारण राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरुले अब जवाफ दिनुपर्ने समय आएको समेत बताए ।

बिदेशिहरुले राजनितीक दलहरुलाई खेलाई राखेको , दबाब र प्रभाब बढाउदै लगेको चर्चा गर्दै राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाको लागि हामिले राजा सहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत स्पष्ट पारे । राप्रपा नेपाल परिबर्तनको बिरोधि शक्ति नभएको परिबर्तन पक्षधर नै भएको तर निरन्तरता सहितको परिबर्तन जरुरी भएको समेत थापाले बताए ।

कुनै पनि देशले आफ्नो धर्म ,संस्कृती, मूल्य मान्यताको रक्षा बिना प्रगती नगर्ने भन्दै बिदेशी शक्तिले बोकाईदिएको भारी बोकेर देशको स्वाधिनताको रक्षा नहुने थापाको दाबी थियो । कार्यक्रममा डाक्टर बिष्णु भण्डारी ,राजाराम बर्तौला ूचुनेलीू सुदर्शन केशीले पनि बोलेका थिए ।