२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणको पखाईमा कचन कवल (फोटो फिचर)



अ+ अ-

कचन कवल (नेपाली: कचन कावल) कोशी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो ।

समुन्द्री सतहबाट ७० मिटर (२३० फिट)मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो । तर नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षण अनुसार धनुषाको मुखियापट्टी मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रुपमा घोषणा गरिएको छ । तर अहिले कचन कवलको संरक्षण हुन सकेको छैन ।

संरक्षण हुन नसक्दा कचनकवलको सौन्दर्यता मासिँदै गएको छ । यस क्षेत्रको संरक्षण हुन नसके सीमा मिचने सम्भावना रहने स्थनीयहरु बताउँछन् । भारतको सीमाना नजिकै रहेकाले पनि यस क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ ।

यस गाउँपालिकाको सीमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ) पाइन्छ ।

तापक्रम: गृष्मऋतु ३६ डिग्री से। सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से।सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटरसम्म वर्षा हुन्छ ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अहिलेको कचन कवलको अवस्थाबारेका केही दृश्यहरु ।