६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसँग क्यानका पदाधिकारीको भेट, क्रिकेट रंगशाला निर्माणबारे छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीको आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सुविधा सन्पन्न क्रिकेट रंगशाला निर्माणका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत पुगेका थिए ।

ध्यानका पदाधिकारीहरुसँगको भेटबाट सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्–

कुरा क्रिकेटका !!
सामाजिक सञ्जालमा मलाई ’एउटा गतिलो रंगशाला बनाउनु पर्यो’ भन्ने सुझाव सबैभन्दा धेरै आएको छ। यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने छ। क्यानका चतुरबहादुर चन्द र पारस खड्का लगायतका साथीहरुसँग बालुवाटारमा ।