२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय उडान गरेको कीर्तिमान भावना पन्तको नाममा



अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेको कीर्तिमान भावना पन्तको नाममा बनेको छ ।
भावनाले अहिलेसम्म दुबई, कतार, मलेसिया, हङकङ, थाइल्याण्ड, दिल्ली, मुम्बई र बैंगलोरको सफल उडान गरिसकेकी छन् । उनले आँट र हिम्मत बोकेर अन्तर्राष्ट्रिय उडान भर्दै आएकी छन् ।

कामको सिलसिलामा सौर्य एयरलाइन्समा रहँदा पहिलो महिला जेट विमान चालकको इतिहास पनि उनले कार्न सफल भएकी छन् । ६ वर्ष नेकोन एयर, ९ वर्ष बुद्ध एयर, दुई वर्ष सौर्य एयरलाइन्समा काम गरेकी भावना अहिले नेपाल एयरलाइन्समा छिन् । उनले अहिलेसम्म २६ वर्ष आकाशमा उडान भरिसकेकी छन् ।

भावनालाई सबैभन्दा सुरक्षित यात्रा पनि बिमानकै लाग्छ । नेपालमा बेला–बेलामा हुने विमान दुर्घटनाका खबरबारे उनि भन्छिन्, ‘सामान्य मानिसहरु जस्तै पाइलटलाई पनि आफ्नो जीवन अति नै प्यारो हुन्छ । हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने कोही पनि पाइलटले विमान दुर्घटना होस् भन्ने सपनामा पनि चिताउँदैन । विमान दुर्घटनामा परेपछि कुनै एउटै पक्षलाई मात्र दोष दिनु हुँदैन भन्ने लाग्छ ।’

‘विविध बाधा अड्चन र चुनौती पन्छाउँदै ककपिटसँग अटुट सम्बन्ध गाँसेकी छन् भावनाले । उनले धर्ती छोडेर निलो आकाशमा त्यो पनि सयौं यात्रुलाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

१७ बर्षको उमेरमा सन् १९९१ मा रुसमा पाइलटको अध्ययन पुरा गरेर नेपाल फर्किएपछि हवाई सेवामा प्रवेश गरेकी ४५ वर्षीय पन्त विगत २६ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् । उनी नेपालकै तेस्रो महिला पाइटलसमेत हुन् । क्याप्टेन पन्त तत्कालीन राज परिवारका निजी क्याप्टेन बलराम पन्तकी माहिली छोरी हुन् ।

पन्त एक छोरा तथा एक छोरीकी आमासमेत हुन् ।