४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

वैद्यखानाबाट शिलाजीत पुनःउत्पादन सुरू

वैद्यखानाबाट शिलाजीत पुनःउत्पादन सुरू
अ+ अ-

काठमाडौँ: सिंहदरबार वैद्यखाना विकास समितिले शिलाजीत उत्पादन पुनः सुरू गरेको छ । लामो समयदेखि उत्पादन बन्द भएको शिलाजीत बिहीबारदेखि बजारमा आएको समितिले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा जानकारी गराइएको हो । शिलाजीतको माग बढिरहेकाले पुनःउत्पादन सुरू गरिएको समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले जानकारी दिनुभयो ।

विसं २०५१ मा जारी भएको समितिको गठन आदेशअनुसार २०७५ सालसम्म सञ्चालनमा रहेको समिति २०७५ देखि २०७७ सालसम्म समिति गठन आदेशविना सञ्चालन हुँदा समस्या भएको छलफलका क्रममा जानकारी गराइएको थियो । विसं २०७७ सालमा सरकारले अर्को गठन आदेश जारी गरी समस्या समाधानको प्रयास भएसँगै समितिले उत्पादनमूलक काम अगाडि बढाएको डा केसीले बताउनुभयो ।

यसैगरी आयुर्वेदअनुसार दुई सय १० प्रकारका औषधि गाँजाबाट बनाउनुपर्नेमा गाँजा प्रतिबन्ध लागेसँगै समितिको उत्पादनमा पनि समस्या भएको उहाँले उल्लेख गर्नुभयो । “गठन आदेशको समस्या थियो, २०७७ मा अर्को गठन आदेश बनाइएसँगै केही समस्या समाधान भएका छन् । समितिको गठन आदेशमा ११ औँ तहको कार्यकारी निर्देशकको व्यवस्था भए पनि निजामती किताबखानामा त्यो दर्ता नभएकाले समस्या भएको छ । अब त्यसको समाधानका विषयमा पनि सोच्न आवश्यक छ”, कार्यकारी निर्देशक डा केसीले भन्नुभयो,“व्यवस्थापकीय समस्या समाधान भएमा समितिले आफ्ना नियमित कामलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउने छ ।”

समितिका पूर्वनिमित्त प्रबन्ध निर्देशक ऋषिराज रेग्मीले गठन आदेश नभएको अवधिमा आएका समस्याले नै समितिमा काम गर्ने वातावरण नभएकाले त्यसको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

समितिका लेखा अधिकृत उमानाथ ढकालले समिति आर्थिक सङ्कटमा फसेको जानकारी गराउनुभयो । समितिमा दुई जना निजामती र अरु समितिअन्तर्गतका कर्मचारी रहेका छन् । हाल सुधारका काम सुरू भएको लेखा अधिकृत ढकालले सुनाउनुभयो ।

उत्पादन अधिकृत विनोद साहले च्यवनप्राश उत्पादन वृद्धिका लागि आवश्यक तयारी भएको जानकारी दिनुभयो । योजना शाखा प्रमुख सतीश पौडेलले निवृत्तिभरणपछिको कोषमा रकम नभएकाले त्यसको सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।

उत्पादन अधिकृत हरिदेवप्रसाद यादवले आयुर्वेद अनुसन्धान केन्द्रमा बजेट बढेर जाने गरे पनि सिंहदरबार वैद्यखानामा त्यसो हुन नसक्दा समस्या भएको बताउनुभयो । बजेट नभएर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो । गुणस्तर नियन्त्रण अधिकृत गोविन्द ढकालले वैद्यखानाबाट उत्पादिन आयुर्वेदका औषधिको गुणस्तर राम्रो हुने भएकाले बजारमा माग भने धेरै हुने गरेको सुनाउनुभयो । हाल देखिएका समस्या समाधानमा सरकारले सहयोग गरे समितिले उत्पादन वृद्धिमा जोड दिने धारणा राख्नुभयो ।रासस