२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब रोएर फिल्म चल्दैन – पूजा शर्मा



अ+ अ-

काठमाडौँ । भदौ २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको एक्सनप्रधान टिजर सार्वजनिक गरिएको हो ।

फिल्मको अभिनेत्री तथा निर्मात्री पूजा शर्माले अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिएकी छन् । पत्रकार सम्मेलनमा उनले भनिन् ‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ ।’

फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बनेको हो । फिल्मको कार्यकारी निर्माता सुशन पाठक छन् । फिल्ममा अभिनेता पल शाह मुख्य भूमिकामा छन् ।

यस्तै, पूजाका अलावा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, पूर्वमिस नेपाल निकिता चाण्डक लगायतको अभिनय रहेको छ ।

हेर्नुहोस् टिजर: