३१ श्रावण २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

किताव जात्रा २०८१ को छैटौं संस्करण सुरु



अ+ अ-

काठमाडौँ । किताव जात्रा २०८१ को छैंटौं संस्करण आजबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने महोेत्सवको उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।

आर्मी अफिर्सस क्लव सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरु अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग सिर्जनामा सामाजिक चेतना: हिजो र आज नामको छलफल हुँदैछ ।

त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दिपेन्द्र गौचन, प्रदिप भट्टराई र क्रृचा शर्मासँग सिनेमा मन्थन: नेपाली सिनेमाको सपना शिर्षकमा छलफल हुने आयोजकको भनाई छ ।

विप्लप प्रतिकको साथमा कविता साँझको पनि आयोजना हुँदैछ । त्यस्तै ओपन माइक सेसन अन्तर्गत महोत्सवमा सहभागीहरुले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन् ।

महोत्सवको दोस्रो तथा अन्तिम दिन स्टाटिङ अप विथ स्टार्ट अप्स् शिर्षकको प्यानल डिस्कसन हुनेछ । त्यस्तै, नेपाली साहित्यमा समिक्षकको उपस्थिती, मुलधारबाट सधैं उपेक्षामा कला, हाँस्य विधा: शक्ति र चुनौती, संञ्चारका सारथी लगायतका बिषयमा छलफल हुनेछ ।

दर्जन बढी कितावका स्टलसँगैै कलाका अन्य स्टलहरुले महोत्सवलाई आकर्षक बनाएको छ ।