१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरसँग लड्दै आएकी अभिनेत्री हिना खानले आफ्नो टाउको खौरिइन्



अ+ अ-

एजेन्सी । चर्चित टिभी अभिनेत्री हिना खान अहिले क्यान्सरसँग लड्दै छिन् । यसैबीच हिनाले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनी आफ्नो टाउको खौरेको देखिएकी छिन् ।

सेयर गरिएको भिडियोमा हिनाले क्यान्सरका कारण धेरै कपाल झर्न थालेको बताइन् । कपाल झरेको देख्नु तनावपूर्ण र डिप्रेसन जस्तै थियो । यही कारणले उनले आफ्नो टाउको खौराउने निर्णय गरिन् ।

भिडियोमा, हिनाले सबै क्यान्सर पीडितहरूका लागि एक प्रेरणादायक सन्देश पनि साझा गरिन् र मानिसहरूलाई मानसिक रूपमा बलियो रहन अनुरोध गरिन् ।

हिनाले भनिन्– ‘म यसमा काम गर्न चाहन्छु । म सकारात्मक हुन चाहन्छु, म खुशी हुन चाहन्छु । म त्यो सबै गर्न चाहन्छु जसले मलाई यो सम्पूर्ण यात्रामा कुनै पनि मानसिक समस्या नआओस् ।’

हिना तेस्रो चरणको स्तन क्यान्सरबाट पीडित छिन् । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ । यो कुरा अभिनेत्रीलाई थाहा भएदेखि नै उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सकारात्मक पोष्ट शेयर गरिरहेकी छिन् ।