२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणबाट महिलाको मृत्यु



symbolic photo
अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन् । “खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ”, उहाँले भन्नुभयो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले भन्नुभयो ।

मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ । यसैगरी मङ्गलबार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन् । रासस