२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोभिडले मात्रै मरेका छैनन् मान्छे

कोभिडले मात्रै मरेका छैनन् मान्छे
अ अ+ अ-

कोभिडको समयमा आत्महत्या गनेहरूको संख्या एकदमै धेरै छ । तर, आम सञ्चारले कोभिडले मृत्यु हुनेको संख्या मात्र दिन्छ । कोभिडबाहेक अरु कारणले मृत्यु हुने पनि धेरै छन् । उनीहरुको चर्चा खासै हुँदैन । गर्भवती महिलाहरू सुत्केरी हुन नसकेर मरिहेका छन् । स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा धेरैले ज्यान गुमाएका छन् ।

कोभिड-१९ ले गर्दा अहिले पनि हामी त्रसित छौँ । नेपालमा कोभिड सुरु भएको केही महिना सबैजना घरभित्रै बस्यौँ । म पनि बसेँ । पछि कार्यक्रम र अध्ययनको सिलसिलामा बाहिर निस्किएँ । असारदेखि मंसिरसम्म म लगभग १० ओटा जिल्ला गएँ । मानिसहरूसँग भेटघाट गरेँ । भेटघाट गर्दा मास्क अनिवार्य लगाएँ । भौतिक दूरी कायम गरेँ । कसैसँग पनि हात मिलाउने काम गरिनँ । स्यानिटाइजरभन्दा सकेसम्म साबुन प्रयोग गरेँ । स्वस्थकर खानेकुरा खाएँ । तातो पानी र तातो-तातो खानेकुराहरु खाएँ । गुर्जो, बेसार, मरिच, दालचिनी आदिको धुलो बनाएर तातो पानीसँग खाएँ । कागती पानी छुटाइनँ । जसको कारण आजको दिनसम्म मलाई कोभिडले आक्रमण गर्न सकेको छैन । मैले अहिलेसम्म पीसीआर टेस्ट गरेको छैन । जरुरी पनि ठानिन । अहिलेसम्म मलाई कोभिडको कुनै पनि लक्षण देखिएको छैन ।

‘कोभिड सर्ला किन बाहिर हिँडेको ?’ भनेर धेरैजनाले चिन्ता व्यक्त गरे । तर, मैले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिएँ । अबका दिनमा हामी कोभिडसँगै बाँच्नुपर्छ । यदि खोप नै आइहाल्यो भने पनि जीवनशैली परिवर्तन नगरी सुख छैन ।

हामीले कस्तो खालको जीवनशैली अपाइरहेका छौँ, कस्तो खानेकुरा खाइरहेका छौँ त्यसले पनि कोभिड लाग्‍ने/नलाग्‍ने फरक पर्दो रहेछ । यसको मतलब राम्रो जीवनशैली अपनाएकाहरूलाई कोभिड लाग्दै नलाग्‍ने भन्‍ने होइन । तर, त्यसबाट उत्पन्‍न हुने जटिलताहरू कम गर्न भने अवश्य मद्दत पुर्‍याउँछ ।

केही अघि म हप्तादिनको लागि लाङटाङ गएँ । लाङटाङमा जाँदा लगातार छ-सात घण्टा हिँड्नुपरेको थियो । घुडा दुख्छ कि जस्तो लागेको थियो । तर, केही भएन । झन् एककिसिमको उर्जा मिल्यो । मानसिक तनाबबाट मुक्ति मिल्यो । गाँउघरमा मानिसहरूले कोभिडबारे खासै तनाब लिएको देखिएन । त्यहाँको गाउँमा कोभिड लागेर मृत्यु हुने पनि खासै भेटिएनन् ।

कोभिडले खानपानमा मानिसको चासो बढाएको छ । विभिन्न अध्ययनले शरीरमा भिटामिन-‘डी’ र भिटामिन–‘सी’ को कमी भयो भने रोगसँग लड्ने शक्ति कमी हुन्छ भन्ने देखाएको छ । कोभिड संक्रमणबाट बच्नका लागि अहिले धेरैले भिटामिन र जिङ्क चक्की किनेर खाइरहेका छन् । तर, त्यस्ता चक्की किनेर खानु pardain । ति सबैकुरा हाम्रा खानेकुरामा पर्याप्त छन् ।

घाम ताप्यो भने भिटामिन-‘डी’ पाइन्छ । भिटामीन-‘सी’को लागि हाम्रो घरमा भएका अमला, अम्बा, हलुवाबेद र टुसा उमारेका खानेकुरामा खाए हुन्छ । धेरैले अहिले च्यवनप्रास खान्छन् । च्यवनप्रासले रोगसँग लड्ने शक्ति बढाउँछ भन्ने छ । च्यवनप्राशको प्रमुख तत्व नै अमला हो । तर, हामी आफूसँग भएको अमला नखाइ महंगो च्यवप्रास खान्छौँ ।

हामीले पत्रु खानेकुरा पनि खानुहुँदैन । पत्रु खानाले शरीरमा क्यालोरीमात्र बढाउँदैन रोगसँग लड्ने शक्ति पनि कम गराउँछ । शरीरमा हर्मोनल परिवर्तनहरू पनि ल्याउँछ । कोभिडको बेला मात्रै होइन भविष्यको स्वास्थ्यलाई पनि ध्यानमा राखेर पत्रु खानेकुराबाट बच्‍नुपर्छ ।