• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

‘बिस्ताराले पोल्यो’ गीत विवादित भएपछि शान्तीश्रीले मागिन् माफी



काठमाडौँ । गायिका शान्तीश्री परियारले दर्शक–श्रोतासँग माफी मागेकी छन् । आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर आलोचना र विरोध भएपछि उनले माफी मागेकी हुन् ।

बुधबार ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा वक्तव्य जारी गर्दै शान्तिश्रीले उक्त गीतको भिडियोको केही दृश्यांशको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी आइरहेकाले माफी मागेको जनाएकी छन् ।

साथै, आगामी दिनमा शब्द छनोट गरी गाउने वाचा गर्दै उनले अब हिंड्दा ख्याल गरेर हिंड्ने बताएकी छन् ।