२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रधानमन्त्रीको जिल्लामा पुगेर डा.महतले भने- यो सरकार असफल भैसक्यो

प्रधानमन्त्रीको जिल्लामा पुगेर डा.महतले भने- यो सरकार असफल भैसक्यो
अ अ+ अ-

झापा । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार पूर्णतः असफल भैसकेको बताएका छन् । नेपाली काँग्रेसको देशव्यापी विरोध सभाअन्तर्गत आज प्रधानमन्त्रीको जिल्ला झापा खटेका डा.महतले त्यहाँ आयोजित काँग्रेस सभालाई सम्बोधन गर्दै भने- यो सरकारलाई सफल भन्ने कुनै पनि आधार छैनन्, सबै हिसाबले असफल भैसकेको छ।
 
डा.महतले सरकारले जनताका अप्ठेराहरुलाई सम्बोधन गर्ने कुनै पनि काम गर्न नसकेको दलिल पेस गरे । डा.महतको तर्क थियो- 'जनताका नाममा ठूला गफमात्र दिने तर काम भने नगर्ने यो सरकारको बानी नै परेको छ ।' 

देशमा महामारीका बेलामा पनि भ्रष्टाचार गरेको, औषधिमा समेत कमिसन खान नछोडेको र जसका कारण देशव्यापी रुपमा विरामी तथा संक्रमित नागरिकहरुमा निराशा बढेको, आफ्नै कार्यकर्ता तथा आफन्तलाई मात्र सरकारी निकायमा नियुक्त गर्ने गरेको भन्दै डा.महतले अब भने नेपाली जनताले कम्युष्टिको शासन कस्तो हुदो रहेछ भन्ने बुझेका बताए । 

अब नेपाली जनता सहनै नसक्ने गरी कुशासनको चक्रमा परेकाले आफै सडकमा निस्किएका उनले बताए । सहमहामन्त्री डा.महतले नेपाली काँग्रेसले अब सरकारका यी अनेक काण्डहरुको पर्दाफास गर्दै देशव्यापी रुपमा सरकारको विरुद्धमा आन्दोनमा उत्रिने बताए । 

नेपाली जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्नेतर्फ नभएर सरकार आफै कमाउ धन्दामा लागेको उनको आरोप थियो । 'सरकारलाई कसैको मतलब छैन कमाउने मात्र काम गरिरहेको छ जुनकुरा जनताले देखिरहेका छन्' उनले भने । 

डा.महतले भने 'नेकपाकै नेता प्रचण्डले सरकारका काम कारबाही र प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई कसरी प्रस्तुत गरेका छन् त्यो हेरेपछि सबै कुरा छर्लंग नै हुन्छ हामीले केही भनिरहनै पर्दैन ।'   

काण्डैकाण्डले सरकार इतिहासमै अति अलोकप्रिय भएको जसलाई अब आफ्नै कार्यकर्ताले पनि नरुचाएका उनले बताए । डा.महतले भने, यतिखेर सडकमा राजावादी तथा अनेक तत्वहरुको प्रदर्शन पनि सरकारकै कुशासनका कारण भएको उनको दाबी थियो । 

उनले भने- जनतामा यति निराशा बढेको छ कि अब सडकमै आएर सरकारप्रति असन्तुष्टि देखाउन थालिसकेका छन् । 

आज नेपाली काँग्रेसले आज देशव्यापी रुपमा विरोध सभाहरु गरिरहेको छ । यस क्रममा नेपाली काँग्रेसले सहमहामन्त्री डा.महतलाई झापा खटाएको थियो । झापमा आज विशाल जुलुश निस्किएको र पछि सभामा परिणत भएको थियो ।