५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा घरभित्रै बाढी, जनजीवन अस्तव्यस्त (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । मंगलवार रातिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका यतिबेला डुबानले जलमग्न छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरु लेदो पानीले भरिएको देख्न सकिन्छ ।

काठमाडौंको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरुमा बाढी पसेको छ । जसले उपत्यकाका आम नागरिको जनजीवन प्रभावित भएको छ । नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरु पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ । नदी छेउका सडकहरुमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन् ।

कतिपय विद्यालयहरु बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । नदी छेउका नागरिकहरु यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ । जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन ।

क्यामेरामा कैद भएका काठमाडौं उपत्यकाका बाढी सम्बन्धी यि तस्बिरहरु हेर्नुहोस्:

 

तस्बिरहरु: न्युज एजेन्सी नेपाल