५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ को सेटबाट क्लाइमेक्स दृश्यको भिडियो लिक भएपछि…



अ+ अ-

एजेन्सी । अल्लु अर्जुन र रश्मिका मन्दना स्टारर फिल्म ‘पुष्पा २’ को सेटबाट एउटा भिडियो लिक भएको छ । यो भिडियो फिल्मको क्लाइमेक्स दृश्यको सुटिङका ​​क्रममा खिचिएको बताइएको छ ।

उक्त भिडियोमा फिल्मसँग सम्बन्धित कास्ट र क्रु सदस्यहरू तीव्र झगडाको दृश्य शूट गरिरहेको देखिन्छ ।

भिडियोमा रगतले लतपतिएको मान्छे हार्नेस (केबल)मा झुण्डिएको देखियो, जबकि अन्य व्यक्तिहरू सेटअपमा मद्दत गर्दै थिए । तर, यो क्लिपमा रश्मिका वा अल्लु अर्जुन देखिएनन् ।

यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि फिल्मका फ्यानहरु आक्रोशित भएका छन् । उनीहरुले यो भिडियो इन्टरनेटबाट हटाउन आग्रह गरेका छन् ।

‘पुष्पा २’ को कुनै फुटेज लिक भएको यो पहिलो पटक भने होइन । यसअघि पनि रश्मिका मन्दना एक भिडियोमा उनको चरित्र श्रीवल्लीको गेट टुगेदरमा देखिएकी थिइन् ।

सुकुमार निर्देशित ‘पुष्पा २’ यस वर्षको अगस्ट १५ मा सिनेमाघरमा रिलिज हुने तय भएको थियो । तर, अब यो फिल्म यसै वर्षको डिसेम्बर ६ मा रिलिज हुँदैछ । यो पाँच भाषामा रिलिज हुनेछ ।

फिल्मको पहिलो भाग डिसेम्बर २०२१ मा रिलिज भएको थियो र यसले बक्स अफिस कमाईको धेरै रेकर्ड तोड्यो ।