२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सरकारी कर्मचारीले कार्यालय समयमा सेयरसम्बन्धी कारोबार गर्न नपाउने

सरकारी कर्मचारीले कार्यालय समयमा सेयरसम्बन्धी कारोबार गर्न नपाउने
अ अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ । कर्मचारीमा देखिएको विकृतिले सेवाप्रवाह कमजोर भएको ठहर गर्दै मन्त्रालयले आम कर्मचारीलाई सेवाग्राहीमैत्री र जिम्मेवार बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन त्यस्तो अभियान थालेको हो । सोही अभियानअन्तर्गत मन्त्रालयले सोमबार मात्रै कार्यालयको समयमा कुनै पनि कर्मचारीले सेयरसम्बन्धी कार्य गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले कुनै पनि कर्मचारीले कार्यालय समयमा विद्युतीय माध्यम प्रयोग गरी सेयरसम्बन्धी कारोबार गर्न नपाउने गरी रोक लगाएको हो । अधिकांश कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा संलग्न रहँदै आएको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नै राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेख्दै कर्मचारीले कार्यालय समयमा सेयरसम्बन्धी कार्य गरे नगरेको अनुगमन गर्दै त्यस्तो कार्य गरेको पाइए कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । यसअघि मन्त्रालयले उच्च पदस्थ कर्मचारीलाई लोकसेवा परीक्षाका लागि विभिन्न इन्स्टिच्युटमा गएर पढाउन प्रतिबन्ध लगाएको थियो ।

सुधारक र ‘बोल्ड’ निर्णय क्षमताका प्रशासकका रूपमा परिचित एकनारायण अर्याल सचिवका रूपमा आएपछि संघीय मामिला तथा सामान्य प्रशासनले एकपछि अर्को सुधारका कार्यलाई अभियानकै रूपमा अघि सार्दै आइरहेको मन्त्रालयका कर्मचारी बताउँछन् । मन्त्रालयले सोमबार नै बहालवाला कर्मचारीबाट कानुनी तथा मन्त्रालयले गरेका निर्णयको पालना भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गरी कानुन तथा निर्णय परिपालनको अवस्थालाई प्रभावकारी बनाउन सतर्कता केन्द्रलाई पत्राचार गरेको छ । साथै मन्त्रालयले आफैं पनि त्यस सम्बन्धमा अनुगमन गर्ने जनाएको छ ।

मन्त्रालयले सबै कर्मचारी कार्यालयमा नियमित रूपमा उपस्थित भए नभएको तथा पोसाक नियमित रूपमा लगाए नलगाएको बारेमा समेत अनुगमन गर्न सतर्कता केन्द्रलाई आग्रह गरेको छ । निजामती सेवा ऐनको दफा ४८ विपरीत हुने गरी कर्मचारीले व्यापार व्यवसाय सञ्चालन गरे नगरेको बारेमा समेत अनुगमन गरी त्यसविपरीत कार्य गरेको पाइए कडा कारबाही प्रक्रिया थाल्न सतर्कता केन्द्रको ध्यानाकृष्ट गराइएको मन्त्रालयले जनाएको छ । राजधानी दैनिक