१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातभरको भीषण वर्षाले काठमाडौं जलमग्न (फोटो फिचर)



अ+ अ-

काठमाडौं । रातभर परेको भीषण वर्षाले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र डुवानमा परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ३२ नरेफाँट क्षेत्रमा बाढी पसेको छ । मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ । बाढीले मनोहरा करिडोर पूरै डुबानमा परेको हो ।

लगातारको वर्षापछिको बाढीले ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न ठाउँ डुवानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देश पठाउँदै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैगरी रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थानमा बाढी पसेर क्षति पुर्‍याएको छ ।

आज बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ ।

यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उडन फर्निचरमा व्रह्मायणी खोलाको बाढी पसेको थियो ।

पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।

तस्बिर : माधब श्रेष्ठ/सामाजिक सञ्जाल