१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेदोका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध



अ+ अ-

काठमाडौं । भारी वर्षासँगै सडक माथिबाट आएको लेदोको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध बनेको छ ।

लगातार भारी वर्षात हुँदा वर्षासँगै आएको लेदोले राजमार्ग अबरुद्ध बनेको हो ।

लेदो हटाइ अबरुद्ध सडक सुचारु गर्न निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको छ ।

वर्षा भइरहेका कारण सवारी सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा राजधानी भित्रने र बाहिरिँदै गरेका सयौं सवारी रोकिएका छन । विशेष गरि राजधानी भित्रन लागेका लामा दुरिका रात्री बस र मालबाहक ट्रक अहिले सो क्षेत्रमा रोकिएका छन् ।