२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ: सांसद वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गर्नुभएको छ ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताउनु भयो । उहाँले पञ्चायतकालमा काँग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनेजस्तै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रुपमा भाषय निर्माण गर्न खोजिएको भन्दै यसप्रति खेद व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल नरहने भन्दै कस्तो खालको राष्ट्रवादको अभ्यासले नेपाललाई त्यहाँ पुर्‍याइएको हो भनि प्रश्न गर्नुभयो । उहाँले आफूहरु छिमेकी राष्ट्रहरुको उन्नयन र प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै हाक्काहाक्की संवाद गर्नसक्ने बताउनु भयो । उहाँले रास्वपाले नयाँ कुटनीति र नयाँ राजनीतिको संस्कार बसाउन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जलेश्वरमा एउटा प्रस्तावना तयार गरेको छ । नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक, सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारिस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरुको सामुहिक सामथ्र्य र एसियाको उदाउँदो भु–राजनीतिक महत्वलाई आत्मसात गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई सदा अक्षुण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभिष्ट रहने छ भनेर स्पष्ट राखिएको छ । विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझेपनि बुझ पचाउने र हाकाहाकी झुठो बोलेर पञ्चायतकालमा कांग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । रास्वपामा युवा शक्ति छ । विदेशमा पढेका, अनुभव हासिल गरेका । यिनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन सक्नुहुन्न । अक्षमताको आरोप लगाउन सक्नुहुन्न । पञ्चायतकालिन स्मरण गर्दै अराष्ट्रिय तत्वतिर भाष्य निर्माण गर्दै छौँ त्यो खेदजनक छ । त्यसलाई हामी डटेर सामना गर्छौं । राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल रहने थिएन ।’

‘कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईहरुले नेपाललाई त्यहाँ पुर्‍याउनुुभयो रु हामी छिमेकी राष्ट्रहरुको उन्नयनमा, प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै लिने । हाक्काहाक्की सम्वाद गर्ने । आँखामा आँखा जुधाएर कुराहरु राख्ने । हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरुलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन । कुनै नदिनालाका सन्धिहरुलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दु:शाहस गर्नु पनि छैन । हामी नयाँ कुटनीति, नयाँ राजनीतिको संस्कार बसाउन लागेका छौँ । अरुको राष्ट्रवाद कागज र भाषणमा होला । मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरु त्याग्दै मैले रोजेको असाधारण कर्ममा गएर देखिन्छ । मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउने, झुटो बोलेर यसलाई पन्छाउन सकिन्छ कि भन्ने दु:शाहस कसैले नसोच्नुहोला ।’

उहाँले आफ्नो राष्ट्रवाद दैनिकीमा भल्किने र कर्ममा देखिने बताउनु भयो ।




भर्खरै