४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखमाथि मानव तस्करीको आरोप लागेकोबारे सभामुखको धारणा माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख ईन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद न्यौपानेले उपसभामुख रानामाथि मानव तस्करीको गम्भीर आरोप लागेको भन्दै छानविनको माग गर्नुभएको हो । उहाँले जिम्मेवार पदमा बसेको मान्छेमाथि गम्भीर आरोप लागेपछि छानवीनबाट दोषि वा निर्दोष हुन पाउने हक आरोपितको रहेको भन्दै यसप्रति ध्यानाकर्षण गराउनु भयो । उहाँले यस सम्बन्धमा सभामुखको धारणा माग गर्नुभयो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा नेपाली नागरिकता नभएको अवस्थामा सांसद तथा मन्त्री समेत भएको भन्दै त्यसप्रति प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज काँग्रेस र एमालेलाई जसरी दोष लगाउनु भयो म प्रश्न गर्न चाहन्छु, देशमा असहज स्थिति थियो होला । बाहिर पनि जानुपर्ने स्थिति थियो होला । त्यो नेपालीको बाध्यता म पनि बुझ्दछु । किनभने हामी नेपाली नै हौँ । नेपालको नागरिकता त्याग्छौँ बाहिरको नागरिकता लिएर भएपनि हामी विदेश जान्छौँ भन्ने पनि त नेपाली नै हो । सायद केही परिस्थिति परेर विदेश जानुभयो त्यो म मान्छु । तर नेपालमा फर्किइसकेपछि म त नेपाली हो नि, मेरो पहिलो कर्तव्य मैले नेपालको नागरिकता लिनुपर्छ भन्ने उहाँले सोच्नुभयो कि भएन रु के यो कांग्रेस र एमालेले लगाइदिएको आक्षेप हो रु म प्रश्न गर्न चाहान्छु, तपाईले त्यो अवधिभर जुन काम गर्नुभयो आखिर नागरिकता रहेनछ । नागरिकता नहुँदै सांसद हुनुभयो । सांसद भएर मन्त्री हुनुभयो । मन्त्री भइसकेपछि लाइनमा लागेर नागरिकता लिनुभयो ।’

‘अब त्यो अवधिमा तपाई नेपालको नागरिकता हुँनुहुँदो रहनेछ भन्ने पुष्टि भयो । त्यतिबेलाको तपाईको काम, कारबाहीलाई हामीले कसरी मुल्यांकन गर्ने रु उपसभामुखमाथि निकै चार्ज लागेको छ । उहाँले ५ जना असम्बन्धितलाई आफ्नो माथिबाट एक नम्बरमा राखेर पठाउनुभएको छ लेटरमा । ५ जना बालिकालाई नाम परिवर्तन गरेर लगेको कुरा पनि आएको छ । मानव तस्करीको गम्भीर आरोप उपसभामुखलाई लागेको छ, आरोप लाग्दैमा त्यो सही हो पनि म भन्दिनँ । तर अत्यन्तै गम्भीर विषय के हो भनेदेखि यस्तो जिम्मेवार पदमा बसेको मान्छेमाथि यस्तो गम्भीर आरोप लाग्दा उहाँ दोषि होइन भन्ने कुनै निकायको छानवीनमार्फत निर्दोष छानविन हुन उहाँको हक छ कि छैन रु यो सम्बन्धमा संसदको नेतृत्व गर्ने सभामुखको धारणा के हो रु म उहाँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले लामिछाने नेपाली नागरिक नभएको बेलामा उहाँले गरेको काम, कारबाहीहरुलाई कसरी हेर्ने भनेर प्रश्न समेत गर्नुभयो ।