५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रलक्षित सांसद बास्कोटाको टिप्पणी: सत्ताबाट हट्दाको पीडा नपोखौं



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गर्नुभएको छ ।

संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरुको अभिव्यक्ति आउन थालेपछि उहाँले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सो कुरा बताउनुभएको हो ।

सांसद बास्कोटाले मुलुकलाई निकास दिन दुई ठूला दल काँग्रेस र एमालेले नयाँ सत्तासमिकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताउनु भयो । उहाँले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसै विरुद्ध लक्षित नरहेको दाबी समेत गर्नुभयो । सांसद बास्कोटाले साना दलहरुले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई वटा ठूला दल मिलेका छन् । ती राजनीतिक रुपमा मिल्दैनन्, सैद्धान्तिक रुपमा मिल्दैनन् । कार्यक्रमको रुपमा मिल्दैनन् । मुलुकलाई निकास दिन मिल्छन् । इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन् । भोली पनि मिल्छन । यति कुरा हो–मुलुकका आवश्यकता अनुसार कसैका विरुद्ध यो होइन । आआफ्नो सामथ्र्यमा चलौं । अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौं ।’

सांसद बास्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोप/प्रत्यारोप हुनु शोभनीय नभएको पनि बताउनु भयो ।