९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक लेखा समितिका सभापतिले पदको दुरुपयोग गरे: सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्न बाँकि रहेका व्यापारीसँग भेटेर पको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले सो रहस्यमय ढंगको भेटबारे आफूले सूचना पाएको दाबी गर्नुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सभापति पोखरेलले पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको उल्लेख गर्नुभयो । उहाँले घटनाको गम्भिरतापूर्वक छानविन गर्न पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डेडिकेटेड फिडर र ट्रंक लाईनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर उक्त समितिका सभापति र झगडियाहरुमध्ये वक्यौता समेत कायम रहेका एक जना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाको गम्भिरतापूर्वक छानविनका लागि जोडदार माग गर्दछु ।’

सांसद सापकोटाले दुध किसानहरुको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।