६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार पहिलो घण्टामा नेप्से परिसूचक ४.४४ अंकले बढेर २ हजार ०७१ दशमलव ६१ विन्दुमा



symbolic picture
अ+ अ-

काठमाडौं । मंगलबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ४ दशमलव ४४ अंकले बढेर २ हजार ०७१ दशमलव ६१ विन्दुमा पुगेको छ । २ हजार ०८५ दशमलव ५७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव २१ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको रू. १ अर्ब ९० करोड ४९ लाख बराबरको २६ लाख ८४१ हजार ४६३ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १४ हजार १८५ पटकको व्यापारमा भएको हो । यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २४ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार २६० मा कारोबार भइरहेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी, व्यापार, होटल्स, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा समूहको परिसूचक बढेको छ । कारोबारको पहिलो घण्टामा महुली लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, नारायणी डेभलपमेण्ट बैंक र विजय लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।