२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खान आँखाको उपचारका लागि अमेरिका जाने



अ+ अ-

एजेन्सी । बलिउडका सुपरस्टार शाहरुख खानले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर चर्चामा छ । तर, यो उपचार अभिनेताले चाहेजस्तो हुन सकेन ।

यस्तो अवस्थामा अब शाहरुख आँखाको उपचारका लागि अमेरिका जानेछन् । अभिनेताका नजिकका स्रोतका अनुसार शाहरुख मंगलबार उपचारका लागि अमेरिका जानेछन् ।

एक रिपोर्टमा शाहरुख दुवै आँखामा मोतियाबिन्दुको समस्याबाट पीडित रहेको दाबी पनि गरिएको छ । तर, अहिलेसम्म यस विषयमा अभिनेता वा उनको टोलीबाट कुनै पुष्टि भएको छैन ।

यसअघि शाहरुख हालै निर्देशक तथा साथी फराहलाई भेट्न गएका थिए । यस अवसरमा शाहरुखकी पत्नी गौरी खान र छोरी सुहाना पनि थिइन् । फराहको आमाको निधन भएको थियो ।

कामको कुरा गर्दा शाहरुखको अन्तिम फिल्म ‘डंकी’ गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो । हाल अभिनेता आफ्ना सन्तान सुहाना र आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन् । शाहरुख र सुहाना फिल्म ‘किंग’मा सँगै देखिनेछन् ।