३० श्रावण २०८३, शनिबार
,
Latest
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिना खानले केमोथेरापीको निशान देखाउँदै भनिन्– राम्रो समय आउँदैछ



अ+ अ-

एजेन्सी । अभिनेत्री हिना खान स्तन क्यान्सरसँग लड्दै छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्नो केमोथेरापीको घाउ सेयर गरेकी छिन् ।

उनले पोस्ट गरेको तस्बिरमा उनले टी–सर्ट लगाएकी छन् जसमा लेखिएको छ– ‘राम्रो समय आउन लागेको छ’ ।

यो वर्ष जुनमा हिना खानले आफ्नो क्यान्सर भएको खबर सेयर गरेकी थिइन् । स्टेज ३ स्तन क्यान्सर पत्ता लागेदेखि उनी हरेक दिन साना कदमहरू चाल्दै छिन् । उनी आफ्नो स्वास्थ्यको बारेमा लगातार अपडेट दिन्छिन् ।

हालै एक अस्पतालको भ्रमणको क्रममा, हिनाले त्यहाँका स्टाफको हेरचाह र सहयोगको लागि कृतज्ञता पनि व्यक्त गरिन् । उनले कोकिलाबेन अस्पतालको हाउसकिपिङ विभागबाट प्राप्त एक भावनात्मक नोट सेयर गरेकी थिइन् ।

अभिनेत्रीले हातले लेखिएको यो नोटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै यो नोटले आफ्नो मनोबल बढाएको बताइन् । नोटमा उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

यी सबैको बावजुद हिनाले फेरि काम सुरु गरिन् । केही दिन अघि उनले सुटिङको लागि तयार भएको भिडियो पोस्ट गरेकी थिइन् । पोस्टमा, उनले लेखेकी छन्, ‘ठूला चुनौतीहरूको बाबजुद पनि आफूलाई विश्राम दिन र राम्रो दिनहरू बाँच्न महत्त्वपूर्ण छ ।’ उनले यो पनि भनिन् कि कठिन परिस्थितिमा पनि, यदि तपाईसँग शक्ति छ भने, तपाईलाई खुशी पार्ने काम गर्नुहोस् ।

जुन २८ मा हिनाले सामाजिक सञ्जालमा आफूलाई स्टेज ३ स्तन क्यान्सर भएको बताएकी थिइन् ।