२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमालेको गठबन्धन आफूमाथि लागेको भ्रष्टाचारको फाईल रोक्नका लागि हो: सांसद मोदी



अ+ अ-

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाईल बन्द गर्न काँग्रेस–एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । सांसद मोदीले उहाँले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरेपनि उनीहरुले आफूमाथि लागेको भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले गिरिबन्धु टि स्टेट र भूटानी शरणार्थी प्रकरण छानविनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन रु भनि प्रश्न समेत गर्नुभयो । सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गिरिबन्धुदेखि भुटानी शरणार्थीसम्मका भ्रष्टाचारका कुराहरु छन् । त्यसको विषयमा पहिलाको सरकारले जस्तै कामहरु निरन्तरता दिन्छ कि दिँदैन रु यसलाई अगाडि बढाउँछ कि बढाउँदैन रु भन्ने महत्वपूर्ण कुरा हो । नेकपा एमाले र नेपाली काँग्रेसले संविधान संशोधन गर्ला जस्तो मलाई लाग्दैन । खाली उहाँहरुले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाईलहरु बन्द गर्नका निम्ति यो गठबन्धन गरेको हो । त संविधान संशोधन गर्ने भनेर जनतामा भ्रमको सृजना गर्न खोजिएको छ । हाम्रो पार्टी आज प्रतिपक्षमा छ । भ्रष्टाचारको अन्त्य नभएसम्म हामी बुलन्द आवाज लिएर जनतामा जान्छौं ।’

सांसद मोदीले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरेको भन्दै काँग्रेस–एमालेप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।