९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार देखि निरन्तर बढेको बजारमा मंगलबार ५ दशमलव ७५ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार



अ+ अ-

काठमाडौं । मंगलबार शेयर बजारमा  नेप्से परिसूचक ५ दशमलव ७५ अंकले घटेर २ हजार ६१ दशमलव ४१ विन्दुमा झरेको छ । मंगलबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ७४ अंक घटेर ३८७ दशमलव ४२ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने कम भएको छ ।

सोमबार रू. ७ अर्ब २० करोडभन्दा बढीको शेयर कारोबार भएकोमा मंगलबार रू. ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार बराबरको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर खरिद विक्री भएको हो । २०५ ओटा कम्पनीको ४७ हजार ७६९ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । 

मंगलबार ५८ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीको घटेको छ । बाँकी ३१ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । लघुवित्त कम्पनीको शेयरमा बढी आकर्षण देखिएको बजारमा ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यो दिन ९ प्रतिशतभन्दा बढी मूल्य बढ्ने कम्पनीहरुमध्य पाँच लघुवित्त कम्पनी रहेका छन् । यस दिन महुली सामूदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त र गुराँस लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८३ प्रतिशत र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ५१ प्रतिशतले बढेको हो । 

मंगलबारको कारोबारमा मल्टिपर्पस फिनान्स र सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ । मल्टिपर्पस फिनान्सको ४ दशमलव ७६ प्रतिशतले मूल्य घटेर रू. १६० र सिन्धु विकास बैंकको ४ दशमलव २२ प्रतिशतले घटेर रू. १५९ मा झरेको हो । यो दिन कारोबारमा आएका १२ ओटा समूहमध्ये लघुुवित्तको १ दशमलव ८६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३८ प्रतिशत र वाणिज्य बैंकको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । बाँकी समूहमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव ५९ प्रतिशत घटेको छ ।

त्यस्तै होटलको १ दशमलव शून्य २ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको १ दशमलव शून्य ८ प्रतिशत, वित्तको शून्य दशमलव ६९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८२ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३४ प्रतिशत, अन्यको १ दशमलव शून्य ९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६२ प्रतिशत परिसूचक घटेको छ ।

मंगलबार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकै सर्वाधिक रकमको शेयर कारोबार भएको छ । आइतबारदेखिनै उक्त कम्पनीको सर्वाधिक रकमको कारोबार हुँदै आएको छ । मंगलबारको कारोबारमा सर्वाधिक हिस्सा ओगटेको उक्त कम्पनीकोे रू. ५२ करोड ३८ लाख २६ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. २७ ले घटेर अन्तिम मूल्य रू. २ हजार २६५ कायम भएको छ । मंगलबारको कारोबारमा उक्त कम्पनीकोे न्यूनतम रू. २ हजार २२५ देखि अधिकतम रू. २ हजार ३९४ सम्ममा शेयर खरीदविक्री भएको छ ।

गत विहीवार ८ दशमलव २७ अंक, आइतवार ४६ दशमलव ४३ अंक र सोमवार ५६ दशमलव ७२ अंकले बजार बढेको थियो । मंगलवार २ हजार ८५ दशमलव ५७ विन्दुदेखि खुलेको बजार २ हजार १०० विन्दु पार गरी तल झरेको हो । १ बजेर ५४ मिनेटसम्म बढेको बजार त्यसपछि भने नाफा बुक गर्नेहरुको प्रभावका कारण तल झरेको हो ।