१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

जलेश्वरनाथ मन्दिरको महिमा बढ्दो

जलेश्वरनाथ मन्दिरको महिमा बढ्दो
अ अ+ अ-

जलेश्वर । जलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा साउनभरि साक्षात महादेव विराजमान रहने गरेको विश्वासका आधारमा भक्तजनहरुको निकै घुइँचो लाग्ने गरेको छ । सोमबारी पर्वका अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिएको छ । मन्दिरभरि तथा मन्दिर परिसरमा भव्य झिलीमिली बत्ती, फूलमालाले सजाइएको छ । मन्दिरको पाँच सय मिटर टाढासम्म शिवभक्तिका गीत–सङ्गीतले जलेश्वर गुञ्जायमान बनेको छ ।

जलेश्वरनाथको महिमा नेपालमा मात्र नभई भारतमा समेत रहेको छ । बर्सेनि बाबा जलेश्वरनाथको दर्शनका लागि हजारौँ दर्शनार्थी आउने गर्दछन् । यस वर्ष पनि बाबा जलेश्वरनाथ महालिङ्गको दर्शन आठदेखि १० लाख भक्तजन आउने अनुमान गरिएको छ । महाशिवरात्रि र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ ।

ठूलो धार्मिक महत्व बोकेको यस मन्दिरको स्थापना कहिले भएको भन्नेबारेमा भने कुनै ठोस प्रमाण भेटिएको छैन । मन्दिरको मूल गुफामा लेखिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ अर्थात् जलेश्वरनाथ महालिङ्ग स्वयं महादेवले स्थापना गर्नुभएको हो ।

बाबा जगदीशनाथले कसरी बनाउने, जङ्गलमा बाघ, भालु, हात्तीजस्ता खतरनाक जनावरहरु रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र ९महादेव० ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिनुभएको शिवपुराणमा उल्लेख छ । जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको बरुण सरोवरमा स्नान मात्र र बाबा जलेश्वरनाथ महादेवको दर्शन मात्रले प्राणी मात्रले मुक्ति पाउने गर्दछ । त्यसबेला यस महादेव मन्दिरमा पूजाआजा द्वेन्द्व गिरी नामका पूजारीले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गर्नुभएको थियो ।

अनादिकालमा जलेश्वर घनाजङ्गल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्वयं महादेवले बाबा जगदीशनाथलाई सपनामा आएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको जलेश्वरनाथ महादेवका मूल पुजारी उपेन्द्र पाठकले बताउनुभयो । उहाँका अनुसार रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवका बारेमा प्रचारप्रसार गर्नुभयो ।

बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको पुजारी पाठक बताउनुहुन्छ । बाबा महादेवको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेल्नुभएका जगदीशनाथ जीवनको अन्तिमकालमा बाबाको मन्दिरको ठीक सामुनेमा समाधि लिनुभएको थियो ।

मन्दिरका अर्का पुजारी कामेश्वर पाठकका अनुसार बाबा जगदीशनाथले कसरी बनाउने, जङ्गलमा बाघ, भालु, हात्तीजस्ता खतरनाक जनावरहरु रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र ९महादेव० ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिनुभएको शिवमहापुराणमा उल्लेख छ ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भर्‍याङ)मुनि जमिनभित्र रहेको छ जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको तीन सय ६५ दिन जलमै विराजमान रहनुहुन्छ । मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।

मन्दिरको पानी फ्यालेर शिवलिङ्गको दर्शन गराउने चलन रहेकामा यसभित्रका पानी मोटर वा दमकल लगाएर फ्याँकिदा पनि सक्दैनन् । यसका लागि धेरैले धेरैपटक प्रयास गरिसके पनि सकेका छैनन् तर मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा सुक्ने र भक्तजनले दर्शन गर्ने गर्ने गरेको पुजारी पाठकको भनाइ छ । एकछिनमै पुन: पानी भरिने हुँदा पटकपटक पानी फ्याँकेर भक्तजनको दर्शन गराउने गरिएको उहाँ बताउनुहुन्छ ।

मन्दिर सञ्चालनमै समस्या

कुनैबेला अथाह चलअचल सम्पत्ति रहेको यस मन्दिर अहिले सञ्चालन हुन नै समस्यामा रहेको छ । १८६७ सालमा राजा गिर्वाणयुद्धविक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका–७) मा सिकार खेल्न गएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि दुई सय ७५ बिगाहा जग्गा र चारवटा महापोखरी मौजाका रुपमा दान दिनुभएको ताम्रपत्रमा उल्लेख छ ।

मौजेका रुपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजेलगायत मौजेहरु पाएका थिए भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरीजस्ता महापोखरीहरु पनि पाएको थियो । लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेको दर्जनौँ मौजे र महापोखरीहरुबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, भगवान् शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकहरुको स्वागत सत्कार समेत हुने गरेको थियो ।

मन्दिरसँग सयौँ बिगाहा जग्गा र चार महत्वपूर्ण पोखरी रहेकाले निकै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो तर समय बित्दै जाँदा पद्मशमशेरको पालामा यस मन्दिरको अधीनमा रहेको जग्गाहरु आफ्ना गुरु पुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायत चार/पाँच दाजुभाइलाई दान दिएको चर्चा छ । पद्मशमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरु बेचेर खाएपछि विस्तारै मन्दिरको आर्थिक अवस्था कमजोर हुँदै गएको पुजारी पाठक बताउनुहुन्छ । १९९५ सालमा बडाहाकिम रामशमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुन: आकर्षक र ठूल–ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गर्नुभयो । यस मन्दिर निर्माण गर्न उहाँले २५ हजार रुपैयाँ खर्च गर्नुभएको थियो । महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुहरुको प्रयोग गरिएको थियो ।

मन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरको पुजारी राजनारायण गिरी रहेको उल्लेख छ । विसं १९८३ को स्रेस्तामा सयौँ बिगाहा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखाउँछ भने २००२ सालसम्म मन्दिरको महन्थको नाउँमा मौजेहरु रहेको उल्लेख छ तर मन्दिरका सयौँ बिगाहा जग्गाको मौजे २००८ सालबाट हराएको छ । दानको नाउँमा जग्गा हराए भन्ने मन्दिरका चार महापोखरी अहिले जलेश्वर नगरपालिकाको कब्जामा छ । अहिले दैनिक भक्तजनको दान, चन्दा र सहयोग निर्भर हुन पुगेको पुजारीको भनाइ छ ।

मन्दिरको अवस्था अवलोकनका लागि पुरातत्व विभागबाट पनि चार/पाँचपटक विज्ञहरु आई मन्दिरको अवस्था हेरेर गएको भए पनि जीर्णोद्वार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको पुजारीहरुको गुनासो छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेशसाह सोनारले मन्दिरको संरक्षणका लागि विशेष पहल र बृहत् योजना बनाउनुपर्ने बताउनुहुन्छ । रासस