६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलले आइफोनको उत्पादन ३० प्रतिशतले बढाउने योजना



अ+ अ-

अमेरिका । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आइफोनको उत्पादन बढाउने योजना बनाइरहेको छ ।  कम्पनीले आगामी वर्षको पहिलो अर्धवार्षिक अवधिमा ९ करोड ६० लाख थानसम्म आइफोन उत्पादन गर्ने योजना बनाएको भन्दै निक्केईले मंगलबार समाचार छापेको हो । यो यस वर्षको सोही अवधिको तुलनामा करीब ३० प्रतिशत धेरै हुनेछ । 

कम्पनीले आपूर्तिकर्ताहरुलाई करीब ९ करोड ५० लाखदेखि ९ करोड ६० लाख थानसम्म आइफोन बनाउन भनेको छ । यसमा आइफोन १२ का साथै आइफोन ११ र आइफोन एसई लगायत मोडलहरु समेत भएको समाचारमा भनिएको छ । मुख्य पार्टस्हरुको अभावले यो लक्ष्य हासिल चुनौती हुन सक्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । सन् २०२१ मा कम्पनीले २३ करोड थानसम्म आइफोन आपूर्ति गर्ने योजना बनाएको छ । यसमा नयाँ र पुराना सबै मोडलका आइफोन हुनेछन् ।