२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरदेखि जेलजीवन भोगेका सञ्जय दत्त ६५ वर्षमा लागे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तले आज आफ्नो ६५ औं जन्मदिन मनाइरहेका छन् । आफ्नो ४३ वर्ष लामो फिल्म करियरमा करिब १८० फिल्ममा काम गरेका सञ्जय बलिउडका चर्चित स्टार सुनिल दत्त र नरगिसका छोरा हुन् ।

फिल्मी करियर जस्तै सञ्जयको व्यक्तिगत जीवन पनि धेरै उतारचढावबाट गुज्रियो । सानै उमेरमा लागुऔषधको लतमा लागे । डेब्यू फिल्म आउनुअघि नै आमाको निधन भयो ।

त्यसपछि जब उनको नाम मुम्बई बम ब्लास्ट मामिलामा आयो तब उनले ५ वर्ष जेलमा बिताए । स्टेज ४ फोक्सोको क्यान्सर ६१ वर्षको उमेरमा पत्ता लागेको थियो । यी सबै कठिनाइसँग लड्दै सञ्जय अझै पनि मुस्कुराएर जीवन बिताइरहेका छन् ।