४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौय एयरलाईन्सको विमान दुर्घटना छानविन आयोगप्रति राप्रपा अध्यक्ष लिङदेनको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाईन्सको विमान दुर्घटनासम्बन्धि छानविन आयोगले निष्पक्ष रुपमा छानविन गर्नेमा आशंका व्यक्त गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानविन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै उहाँले सो आयोगबाट निष्पक्ष छानविन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताउनु भएको हो ।

सरकारले सो विमान दुर्घटनाबारे छानविन गर्न नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । तर पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानविन गर्छ भनेर विश्वास गर्न नसकिने अध्यक्ष लिङदेनको जिकिर थियो । उहाँले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानविनको जिम्मेवारी दिनेको गरेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘सो विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ? भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई अहिले यो छानविन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आईराखेको छ । भनेपछि कुन प्रकारको छानविन हुन्छ होला ? र एउटै मान्छेलाई यस प्रकारको छानविनको जिम्मेवारी पटक पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ । र म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अध्यक्ष लिङदेनले उडानका लागि उपयुक्त नरहेको सो विमान उडान भर्ने काम भएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।