९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधनको शोकमा आज उपत्यकाका पालिकामा बिदा



अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आज काठमाडौं उपत्यकाभित्रका पालिकामा सार्वजनिक बिदाइ दिइएको छ । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदाइ दिइएको हो ।

गत बिहीबार निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नकर्मी २०२१ साल असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवम् समाजसेवीका रूपमा परिचित नकर्मी २०७९ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

नकर्मीको शुक्रबार कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको थियो ।