२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण

सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण
अ अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना  अवधिमा आरटी-पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका शङ्कास्पद नमूनामध्ये १२ हजार ५०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा अहिलेसम्म सङ्क्रमित हुनेमध्ये शून्य दशमलव तीन प्रतिशत अर्थात् ४६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । यद्यपि अन्यत्र ठाउँमा सिफारिस भई मृत्यु भएका तथा सङ्क्रमित भई होम आइसोलेशनमा मृत्यु भएका कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । शङ्कास्पद एक लाख २५ हजार ६६५ जनाको नमूना सङ्कलन भएकामा केहीको नमूना परीक्षण हुन बाँकी छ ।

गत चैत महिनादेखि फैलिन थालेको कोभिड–१९को सङ्क्रणका कारण हुने मृत्यु दर पछिल्ला दिनमा उकालो लागेको छ । पछिल्लो १५ दिनयता प्रदेशमा आठ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमण भई अवस्था जटिल भएका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

 पछिल्ला दिनमा नमूना सङ्कलनमा पनि कमी हुँदै गएको छ । प्रदेशका प्रयोगशालामा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि  बढीमा ४०० नमूना सङ्कलन हुने गरेको छ । अहिलेसम्म १० हजार ९३ जना उपचारपछि घर फर्किएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउनुहुन्छ । “जाडो मौसममा ‘भाइरल इम्फेक्सन‘को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्”, उहाँले भन्नुभयो, “कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ ।”

भाइरसको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले आफ्नो नमूना परीक्षण नगराएर घरमा बस्दा पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड—१९ सम्पर्क व्यक्ति हेमराज जोशीले लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति  र  अन्यत्र ठाउँबाट आएर क्वारेन्टाइनमा बसेकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने बताइएको छ ।‘‘शुरुका महिनामा भारतलगायतका ठाउँबाट फर्किनहरु बढ्दा नमूना सङ्कलन बढेको थियो”, उहाँले भन्नुभयो,“पछिल्ला दिनमा बाहिरबाट आउने घट्दै जाँदा पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्छ ।” सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङक्रमणको जटिलावस्थाका छ जनाको सघन उपचार कक्ष र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 
सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेशिनमार्फत नमूना परीक्षण भइरहे पनि सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको मेशिन अझै सञ्चालनमा आउन सकेको छैन । 
 
दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेशिनको व्यवस्थापन भएको थियो । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई तथा डडेल्धुरा, डोटी, बैतडी र  अछाम अस्पतालमा व्यवस्थापन गरिएका एकएक मेशिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ ।