२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता रहेका छन् ८ टिप्स घर बसेर गर्न सकिन्छ अनुहारको हेरचाह



अ+ अ-

सुन्दता कस्लाई मनपर्दैन होला, हामी सबै यसको पछाडी दौढन्छौँ । सबैलाई राम्रो देखिन मनलाग्छ । राम्रो देखिन केके मात्र गर्दैनौ हामी, पार्लर जाने, पैसा खर्च गर्ने, समय यसै खेर फाल्ने सबै गर्न हामी तयार हुन्छौँ । तर के तपाईले सोच्नु भएको छ यही सुन्दरताको लागि हामीले घर बसेर केही महत्तवपूर्ण कुरामा ध्यान दियौँ भने हाम्रो समय, पैसा दुवै बच्न सक्छ । हामीले बाहिर जाँदा मात्र केयर गर्ने होइन। घरमा बस्दा पनि फेसवासले अनुहार धुने, मोस्चराइजर लगाउने, सन्सक्रिम लगाउने गर्नु आवश्यक रहेको छ। हाम्रो अनुहार धुलोमैलोले मात्र फोहर हुने होइन। हाम्रो घरमा भएको लाइटबाट निस्केको प्रकाशले पनि असर गरिरहेको हुन्छ।

१) सबैभन्दा पहिला त घरमा बस्दा पनि अनुहारमा सनक्रिम लगाउन बिर्सनु हुँदैन। बिहान उठेर मुख धोएपछि अनुहारमा मोस्चराइचर लगाएर सनक्रिम लगाउनुपर्छ। 

२) मोस्चराइचर मात्र लगाएर अनुहार नछोड्नुहोस। मोस्चराइचर लगाउँदा अनुहार नरम भएको हुन्छ। त्यसमा सनक्रिम नलगाउँदा घामले डढेर कालो हुने, चाँडै चाउरी पर्ने निकै सम्भावना हुन्छ। बरु अनुहारमा केही नलगाउँदा चाउरी पर्ने कम सम्भावना हुन्छ भने मोस्चराइचर मात्र लगाएर छोड्दा अनुहारमा धेरै इफेक्ट आउने सम्भावना हुन्छ। बरु मोस्चराइजर लगाउँदा मोस्चराइचर भएको सनक्रिम लगाउन सकिन्छ। 

३) एक हप्ता वा १५ दिनमा एक पटक अनुहार क्लिङजिङ गर्ने, स्क्रब गर्ने र फेस प्याक लगाउन पनि भुल्नु हुँदैन। 

४) घरमा बस्दा सोझै अनुहारमा हावा पर्ने गरी झ्याल वा छतमा ठाउँमा बस्नु हुँदैन। हावा सोझै अनुहारमा पर्दा अनुहारको छाला सुक्खा हुने छिटै खराब हुने हुन्छ। हावाले अनुहारलाई सुख्खा बनाउँदा छिटो चाउरी पर्ने हुन्छ। 

५) अनुहारमा पानी पर्ने गरी पनि झिज्नु हुँदैन। सोझै प्रेसर पर्ने गरी अनुहारमा पानी पर्दा अनुहारको तैलियपन जान्छ र अनुसार सुख्खा भई चाउरिन थाल्छ। 

६) बेलुका पनि अनुहार सफा गर्न भुल्नु हुँदैन। अहिले घर फुर्सद हुने भएकाले टिकटक भिडियो बनाउनेको संख्या धेरै छ। टिकटक बनाउँदा गरेको मेकअप नपखाली सुत्दा अनुहारमा असर पर्छ। त्यसैले राति सुत्दा हरेक दिन अनुहार सफा गरेर छ भने नाइटक्रिम लगाएर, आँखाको वरपर कालो दाग वा चाउरिपन छ भने आइक्रिमले मसाज गरेर सुत्नुपर्छ। 

७) राति सुत्दा मोबाइल नचलाउनुहोस्। मोबाइलबाट निस्केको प्रकाशले अनुहारलाई एकदम छिटो असर पार्छ। त्यसैले ओछ्यानमा गएपछि मोबाइल हेर्नु हुँदैन।

८) आजकल विभिन्न ब्युटी ह्याक्स भनेर भिडियो आइरहेका छन्। ती ह्याक्स आफूले नजानी अन्दाजको भरमा अनुहारमा प्रयोग नगर्नुहोस्। त्यसले राम्रो हुन खोज्दा उल्टै नराम्रो बनाउन सक्छ।