१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजाजत बिना औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना पक्राउ



अ+ अ-

काठमाडौं । इजाजत बिना औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना व्यक्तिहरु चितवनबाट पक्राउ परेका छन्  । 

भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडी तर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यलय माडीले बिशेष सुराकीका आधारमा ३१ लख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो । इलाका प्रहरी कार्यलय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा गएको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा अबैध औषधि सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले बोरामा लुकाएर ल्याएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधी बरामद गरेको छ । चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधी व्यवस्था विभागसँग राय सल्लाह लिए अनुसार थप अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा नेटवर्कीङ व्यापारमा संलग्नहरुले विक्री वितरणका लागि ल्याएको पाइएको बताउनुभयो ।

प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागी स्विकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देबेन्द्र यादवले बताउनुभयो ।  पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।