६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक २०५५.२२ विन्दुमा बन्द, ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार शेयर खरीदविक्री



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ६ दशमलव २० अंक घटेर शेयर बजार २ हजार ५५ दशमलव २२ विन्दुमा बन्द भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४३ अंक घटेर ३८६ दशमलव ९८ विन्दुमा झरेको छ । मंगलबार बजार ५ दशमलव ७५ अंकले घटेर २ हजार ६१ दशमलव ४१ विन्दुमा बन्द भएको थियो । २ हजार ९७ दशमलव २० विन्दुदेखि खुला भएको बुधबारको बजार २ हजार ४१ दशमलव ८५ विन्दुसम्म झरेको थियो । 

बुधबार नेप्से परिसूचकसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार रू. ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार बराबरको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर खरीदविक्री भएको थियो । बुधबार भने रू. ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार बराबरको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार १९९ ओटा कम्पनीको ४९ हजार १५९ पटकको व्यापारमा भएको हो । 

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको पनि रू. ३१ करोड ९१ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको छ । यो साता तीन कारोबार दिन लगातार सर्वाधिक रकमको शेयर कारोबार भएको उक्त कम्पनीलाई बुधबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पछि पारेको हो । बुधबारको बजारमा लघुवित्तको सर्वाधिक २ दशमलव ३४ प्रतिशतले परिसूचक बढेको छ ।

त्यस्तै व्यापारिकको १ दशमलव १८ प्रतिशत, बैंकिङको शून्य दशमलव शून्य ६ प्रतिशत, होटलको शून्य दशमलव ३६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको छ । 

यस दिन अन्यको १ दशमलव ५१ प्रतिशत, जलविद्युतको १ दशमलव ४३ प्रतिशत, वित्तको शून्य दशमलव २४ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३९ प्रतिशत र जीवन बीमाको १ दशमलव १७ प्रतिशत परिसूचक घटेको छ । सामान्य अंकले घटेको बजारमा छ्याङ्दी हाइड्रो र महुली सामूदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै समिट लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९८ प्रतिशत आरएमडीसी लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, माउण्टेन इनर्जी नेपालको र सूर्योदय लघुवित्तको शेयरमूल्य ९ दशमलव ८८ प्रतिशतले बढेको छ । माउण्टेन इनर्जी नेपालको दोस्रो बजारमा बुधवारदेखिनै शेयर कारोबार शुरु भएको हो । पहिलो दिन उक्त कम्पनीको सकारात्मक शुरुवात भएको छ । 

यस दिन सर्वाधिक रकमको कारोबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको भएको छ । उक्त कम्पनीको रू. ३९ करोड ४३ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ८ दशमलव ३३ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३२५ कायम भएको छ । यो दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर न्यूनतम रू. २९९ देखि अधिकतम रू. ३३० सम्म खरिद विक्री भएको छ ।

बुधबारको बजारबाट एनएमबि–५० का इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् । यो दिन एनएमबि–५० को इकाईमूल्य ४ दशमलव ४८ प्रतिशतले घटेको हो । योसँगै शिखर इन्स्योरेन्सको ३ दशमलव ३३ प्रतिशत, गुडवील फाइनान्सको ३ दशमलव २६ प्रतिशत र रिडी हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव २१ प्रतिशतले घटेको छ ।