४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण गर्न सरकारसँग मुस्लिम आयोगको माग



अ+ अ-

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा संरक्षण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण एवं विकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा हडप्ने काम भइरहेकोप्रति मुस्लिम समुदायले संरक्षणका लागि आग्रह गरेको बताउनु भयो । उहाँले कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा सहकारीमन्त्री बलराम अधिकारलाई बोलाएर मुस्लिम समुदायका सांस्कृतिक धरोहरहरु संरक्षणका लागि आग्रह गरेको बताउनु भयो । कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले गर्नसक्ने सहयोगका लागि आफू सधैँ सकारात्मक रहेको बताउनुभएको पनि अध्यक्ष अन्सारीले बताउनु भयो । उहाँले अहिलेको सरकारको भावना पिछडीएका वर्गलाई सम्बोधन गर्ने रहेकाले मुस्लिम समुदायले पनि सोहीअनुसार न्याय पाउनेमा आशावादी रहेको बताउनु भयो । अध्यक्ष अन्सारीले काठमाडौंका मुस्लिम समुदायले प्रयोग गर्दै आएको स्वयम्भूस्थित कब्रिस्तान सानो भएकाले सो बारेमा सरकारले सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुस्लिम समुदायको उहाँको मन्त्रालय मातहतमा रहेको समस्या जुन लामो समयदेखि मस्जिदको जग्गा, कब्रिस्तानको जग्गा, इदगाहको जग्गा मुस्लिम समुदायले भोगचलन गर्दै आइरहेको छ । तर लालपूर्जा नलिएको थियो । पहिला आफ्नो भएपछि भयो, किन लिनपर्छ र रु भन्ने थियो । अहिले आएर ठाउँठाउँमा विवाद हुने, समस्या सिर्जना हुने भएको छ । मान्य मन्त्रीज्युकै मन्त्रालयको इस्यु भएकाले यसमा छलफल गरेका हौँ । कतिपय ठाउँमा चिहानको जग्गा मिचिरहेको अवस्था छ । स्थानीय निकायले समेत मिचिरहेको छ ।’

‘यस्ता समस्याहरु छन् । काठमाडौंमा पहिलादेखिको चिहान एउटा छ, स्वयम्भूमा । विद्युत प्राधिकरण भएको ठाउँमा रत्नपार्कमा पहिला चिहान थियो । त्यो ठाउँमा सरकारले सट्टापट्टा गरेर स्वयम्भूमा दियो । त्यो अलि सानो ठाउँ दिएकाले पुरेर पनि हामीले चार, पाँच वर्ष अघिदेखि फेरि प्रयोग गर्ने कार्य भइरहेको छ । भोलिको दिनमा भरिसकेपछि पुर्ने ठाउँ पनि रहँदैन । त्यसकारणले वैकल्पिक कब्रस्तान काठमाडौंको हकमा आवश्यक छ भनेका हौँ । यस्ता समस्या जुन छन्, ति समस्या समाधान गर्न भूमिसुधारमन्त्रीलाई बोलाएर कुरा राख्यौँ । उहाँले बोल्ने क्रममा आफूबाट हुने समाधान गर्ने प्रतिवद्धता गर्नुभयो । अहिलेको सरकारको भावना पिछडीएका वर्गलाई सम्बोधन गर्ने छ ।’

अध्यक्ष अन्सारीले मुस्लिम समुदायको हक, अधिकार, उत्थानका लागि सरकारले आवश्यक काम गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।