२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवातास खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । जुवातास खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

५ साउनमा जुवातास खेल्दै गरेको अवस्थामा कपनबाट पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

घलेसहित काठमाडौं महानगरपालिका–६ घर भएका ७३ वर्षीय रमेश लामा, मकवानपुरको थाहा नगरपालिका–११ का ३६ वर्षीय चीनकुमार गोले, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भएका ३८ वर्षीय दिनेश सुनार, काठमाडौं–६ का ५२ वर्षीय प्रवीण लामा लगायत १० जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

तासा खेल्दै गरेको स्थानबाट प्रहरीले १ लाख ३६ हजा ५ सय रुपैयाँ, जुवा खेल्न प्रयोग हुने ३७ थान क्वाइन र ६ बुक तास बरामद गरेको थियो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ ।