२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापको गोकुलगंगा–६, फर्पुमा पहिरो, तीन जनाको मृत्यु



फाइल फाेटाे
अ+ अ-

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । बिहीबार साँझ गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरो गएको हो ।

पहिरोमा पुरिएर स्थानीय १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोको जोखिममा रहेका केही घरका स्थानीयको उद्धार भएको छ ।

रामेछाप प्रहरीका अनुसार खेतमा काम गरेर चाँडै घर फर्किएका तीन जनालाई घरसँगै पहिरोले छोपेको हो । उद्धारका लागि प्रहरीको टोली रातिदेखि नै सक्रिय भइरहेको छ ।