• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीसँग डा सन्दुकको भेट



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे बिहिबार आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्नुभएको छ ।

प्रसिद्ध रमन ग्यागासासे पुरस्कारप्राप्त डा रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।”