७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ सहसचिवको सरुवा



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ११ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा हुनुभएको छ । अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोकसेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रदेश नम्बर ३ का मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने उहाँको ठाउँमा गृह मन्त्रालयका नारायण भट्टलाई पठाइएको छ । नेपाल समाचारपत्र दैनिक