२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले परिमार्जन, संशोधनहरु र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहनुभएको बताउनु भयो ।

उहाँले कार्यदलको बैठक आज नै बस्ने उपसंयोजक र सचिव छनोट गर्ने बताउनु भयो । उहाँकाअनुसार कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको बतउनु भयो । बैठकले अभियान विभागको नेतृत्व गरिरहनुभएको पार्टीको सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको बताउनु भयो ।

कर्णाली विशेष अभियान भाद्र दोस्रो सप्ताहदेखि शुरुवात गर्ने बताउनु भयो । पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने बताउनु भयो । उहाँले केन्द्रिय विभाग मनोनयन र अनुमोदनका लागि हालसम्मको अनुमोदन हुन बाँकी अनुमोदन गर्ने, सबै विभागले आफ्नो कार्यविधि रिभ्यु गर्ने, कार्यविधि आफैँले प्रश्तुत गर्ने र टिम यस्तो हुनुपर्छ भनेर पनि प्रश्ताव गर्ने सैद्धान्तिक सहमति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि बैठकमा विधान संशोधन सुझाव कार्यदल पहिला एउटा बनेको थियो, जलेश्वर बैठक पश्चाद । त्यसमा केही परिमार्जन, संशोधनहरु र सुझाव आवश्यक छ भनेर त्यसको लागि एउटा सुझाव कार्यदल बनायाँै । जसमा ११ सदस्यीय हुनुहुन्छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक भएको कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा। तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहनुभएको छ । यो कार्यदलले काम शुरु गर्ने र आज नै पहिलो बैठक बस्दैछ । ९० दिनभित्र कार्यदलले सुझाव प्रश्तुत गर्ने । कार्यदलको सदस्यहरुबाट नै उपसंयोजक र सचिव छनोट गर्ने ।

कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने र अभियान विभागको नेतृत्व गरिरहनुभएको पार्टीको सहमहामन्त्री विपिन आचार्यज्युको नेतृत्वमा यो कर्णाली विशेष अभियान भाद्रको दोस्रो सप्ताहदेखि शुरुवात गर्ने ।

पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक छ भनेर निरन्तर रुपमा रही रहने काम हो, त्यो कामको लागि आज पार्टीको क्लोज क्याम्प गर्ने । जसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ ।

केन्द्रिय विभाग मनोनयन र अनुमोदनका लागि हालसम्मको अनुमोदन हुन बाँकी अनुमोदन गर्ने । सबै विभागले आफ्नो कार्यविधि रिभ्यु गर्ने । कार्यविधि आफैँले प्रश्तुत गर्ने र टिम यस्तो हुनुपर्छ भनेर पनि प्रश्ताव गर्ने सैद्धान्तिक सहमति भयो ।’

कार्यवाहक प्रवक्ता झाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दुतावासमा पठाइएको भनिएको पत्र दुतावासमा रजिस्टर पनि नभएको र सिफारिस गरेअनुसारको सुविधा पनि नपाएको भएकाले आर्थिक चलखेल नभएको बताउनु भयो । उहाँले आफूहरुले संवैधानिक परिषद्मा बहुमतको लागि भएको चलखेलको रुपमा लिएको बताउनु भयो ।