२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग नेपाली कांग्रेसको माग

अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग नेपाली कांग्रेसको माग
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशमार्फत अलोकतान्त्रिक बाटोमा अगाडि बढेको निष्कर्श निकाल्दै कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो। कांग्रेसले अध्यादेशपश्चात् हुने कुनै पनि निर्णय पार्टीलाई मान्य नहुने स्पष्ट पारेको छ।

प्रधानमन्त्री ओलीले हठात् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बुधबार बसेको कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले अध्यादेशलाई सरकारको सर्वसत्तावादी सोच र अलोकतान्त्रिक चरित्रलाई उजागर गरेको ठहर गरेको छ। ‘मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर  बैठकले गरेको छ। संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ,’ बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिने निर्णय बैठकले गरेको छ। बैठकले अविलम्ब अध्यादेश फिर्ता गर्न माग गरेको छ।’ 

कांग्रेसले विशेष अधिवेशन निश्चित उद्धेश्यका लागि मात्र बोलाइने र त्यसपछि फेरी स्थगन हुने भएकाले नियमित अधिवेशन बोलाउनुपर्ने माग गरेको छ। ‘संविधानको धारा ९३ को ३ ले जुन व्यवस्था गर्छ, त्यो व्यवस्था अनुसार १५ दिनभित्र निश्चित उद्धेश्यका लागि संसद बोलाइन्छ। त्यो उद्धेश्य पुरा भएपछि त्यो अधिवेशन त सकिन्छ। त्यसपछि सरकारलाई फेरी ६ महिना संसद नबोलाउने छुट हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘र फेरी ६ महिना बालुवाटारलाई रजगज गर्न दिने पक्षमा हामी छैनौं। त्यसकारण संसदको विशेष अधिवेशन होइन, अविलम्ब नियमित अधिवेशन बोलाउन माग गर्छौं।’ संविधानको धारा ९३९३० मा एक चौथाई सांसदले माग गरे विशेष अधिवेशन बोलाउन सकिने व्यवस्था छ। 

कांग्रेसले सरकार संविधान विपरीत अगाडि बढेकाले सदन र सडकबाट सशक्त दवाव दिनुपर्ने निष्कर्शमा पुगेको पूर्वउपभासपति गोपालमान श्रेष्ठले बताए। ‘यो त गाईजात्रा नै भयो नि। अध्यादेश ल्याउने फेरी फिर्ता गर्ने, फेरी ल्याउने फिर्ता गर्ने,’ उनले भने, ‘पोहोर साल पनि यही अध्यादेश ल्याउँदा हामीले विरोध गरेका थियौं। नागरिक समाजलगायत सबैतिरबाट विरोध भएपछि अध्यादेश फिर्ता भएको थियो। अहिले फेरी त्यही अध्यादेश ल्याउनुभयो।’ उनले सरकार संविधान अनुसार नभई स्वेच्छाचारी ढंगले अगाडि बढेको पुष्टि भएको बताए।

‘सरकारको काम त संविधान कार्यान्वयन गर्ने हो, तर सरकार यहाँ संविधानलाई कमजोर बनाउने र स्वेच्छचारी रुपमा अगाडि बढ्न खोजिरहेको छ,’ उनले अन्नपूर्णसँग भने, ‘सरकारको अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेस सशक्त रुपमा उभिन्छ। अब हामी सडक र सदनमा दवाव दिन्छौं।’ 

कांग्रेसले मंसिर २९ को देशब्यापी प्रदर्शनले कम्युनिष्ट सरकारको सर्वसत्तावाद, तनहुँमा नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, कोभिड विरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचार विरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्ष निकालेको छ। त्यस्तै कांग्रेसले उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न गराउन सरकारसँग माग गरेको छ। अन्नपुर्णपोष्ट दैनिक