७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने

७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने
अ+ अ-

बलेवा । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ ।  कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र सुनसान मात्रै भएनन्, तीनै तहका सरकारले ती क्षेत्रको विकासका लागि विनियोजन गरेका बजेटको कार्यान्वयन गर्ने कामसमेत प्रभावित भए । महामारीको मारबाट विस्तारै तङ्ग्रिँदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन शुरु भएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा बागलुङमा मात्रै सात वटा पदमार्ग निर्माण गर्दैछ । रु पाँच लाखदेखि २० लाख बजेट विनियोजन भएका पदमार्ग निर्माणको काम शुरु भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो । जिल्लाभर यो आवमा पदमार्गका लागि मात्रै रु ७२ लाख ५० हजार खर्च हुनेछ । बागलुङमा सबैभन्दा धेरै बजेट खर्चेर बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ को बेलढुङ्गासम्मको पदमार्ग निर्माण हुनेछ । मन्त्रालयले उक्त पदमार्गको लागि रु २० लाख बजेट विनियोजन गरेको छ । जिल्लाभर १९ वटा योजना बनाएर बजेट बाँडेको मन्त्रालयले पदमार्गका योजना धेरै समावेश गरेको छ भने पर्यटकीय क्षेत्र पूर्वाधार विकासका योजना पनि समावेश छन् । 

काठेखोला गाउँपालिका–८ लेखानीदेखि जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थल गाजाको धुरीसम्म मन्त्रालयले पदमार्ग विकास गर्ने भएको छ । रु १५ लाख खर्चेर यसै आवमा पदमार्ग निर्माणको काम शुरु हुने मन्त्रालयले जनाएको छ । गलकोट नगरपालिकाको मल्मबाट घुम्टेको धुरीसम्म पदमार्ग निर्माणका लागि रु १० लाख बजेट विनियोजन भएको छ । जैमिनीधाम, बिनामारे माइकास्थान पदमार्गका लागि रु १० लाख, पञ्चकोट पर्यटकीय पदमार्गका लागि रु सात लाख ५० हजार, एयरपोर्ट, बहुपुर्छा पदमार्गका लागि रु पाँच लाख र कौडेडाँडा पदमार्गका लागि रु पाँच लाख बजेट छ । 

“अब सबै योजनाको काम थालनी हुन्छ, पर्यटनका पूर्वाधार तयार गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौँ”, पर्यटकीय क्षेत्रमा गरेको लगानी अनुगमन तथा निरीक्षणबाट फर्केपछि मन्त्री लम्सालले भन्नुभयो, “हाम्रो आर्थिक समृद्धिको आधार नै पर्यटन हो ।” बागलुङमा १० वटा घरबासको पूर्वाधार विकासका लागि मात्रै मन्त्रालयले रु एक करोड २० लाख खर्चिने छ । गत वर्ष घरबास प्रवद्र्धनमा रु दुई करोड ८० लाख  खर्च भएको थियो । घरबास र पदमार्गका नाममा भएको खर्च दुरुपयोग भएको गुनासो आउन थालेपछि मन्त्री लम्सालले एक साता पहिले अनुगमन गर्नुभएको थियो । 

अनुगमनपछि लम्सालले हल्ला चलेकोजस्तो दुरुपयोग नभएको र कमीकमजोरी गरेकालाई सच्चिन आग्रह गरेको बताउनुभयो । मन्त्रालयले दह तथा ताल मर्मतदेखि उद्यान निर्माणका लागिसमेत बजेट विनियोजन गरेको छ । सबै बजेटको कार्यान्वयन शुरु भएको मन्त्रालयले जनाएको छ । पर्यटन क्षेत्रका सरोकारवालाले भने मन्त्रालयले दिने बजेट कार्यान्वयनमा समस्या हुने गुनासो गर्ने गरेका छन् ।

“प्राविधिक लागत अनुमानसहित आउनु भनेर उपभोक्तालाई खबर आउँछ, लागत अनुमान मन्त्रालयले गर्ने हो की स्थानीय तहले थाहा नहुने रु”, कालिका भगवती गुठी बागलुङका अध्यक्ष राजु खड्काले भन्नुभयो, “जिल्लामा पर्यटन कार्यालय आवश्यक छ तब मात्रै सबै योजनाको कार्यान्वयन समयमा हुन्छ ।” मन्त्रालयले पर्यटन कार्यालय स्थापनाका लागि अध्ययन समिति बनाएर काम अघि बढेकाले यो आवका सबै योजना उपलब्धि देखिने गरी कार्यान्वयनमा आउने दाबी गर्ने गरेको छ ।