७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

स्कूले बालिकाको हत्या भएपछि अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

स्कूले बालिकाको हत्या भएपछि अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह
अ+ अ-

रसुवा । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाकोे सहयोगका लागि समुदायसमक्ष सहयोग मागेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षासम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरेको छ ।

जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कुनै पनि अपरिचित व्यक्ति गाउँमा प्रवेश गरेमा त्यस्तो व्यक्तिको पहिचान गरी नजिककोे सुरक्षाचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१० ५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर पठाउने कामलाई पहिलो प्राथमिकता दिन पनि जिल्लावासीलाई आग्रह गरिएको हो । अभिभावक नभएको मौका छोपी अपरिचित व्यक्तिले खानेकुरा दिई ललाइफकाई अपहरण गर्नसक्ने भएकाले त्यस्ता अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान दिशाबोध गराई सहारा बेगर बालबालिकालाई घरबाट बाहिर नछोड्नसमेत आग्रह गरेको छ । 

खेलमैदानमा खेल खेलाउँदा वा पठनपाठनको समयमा विद्यालय लाने र ल्याउने काम अभिभावकबाटै गर्न गराउन,  नातेदारप्रति पनि सजग रहन, नकारात्मक कुरा गरेर त्रसित  नगर्न, महँगो गहना नलगाइदिन, मोबाइल खेलाउने काम बन्द गराउन, आफ्नो र बाबुआमाको नाम थर घरको ठेगाना एवं अभिभावकका मोबाइल नम्बर जान्ने अभ्यास गराउनसमेत प्रहरीले अभिभावकसामु सुझाव दिएको छ ।

यसैगरी कोरोना महामारीका कारण सबै बालबालिकालाई मास्कको प्रयोग गर्ने गराउने, ‘तिमी एक्लै छैनौ हामी छौँ’ भन्ने भावको विकास गराई उनीहरूको मनमस्तिष्क निरन्तर प्रफुल्लित बनाइराख्ने, कुट्ने पिट्ने, गाली गर्ने काम बन्द गर्ने गराउने र समाजमा हुने सबै प्रकारका अपराधलाई निरुत्साहित गरी सुरक्षित समाज निर्माणमा सबै क्षेत्रबाट सहयोग मिल्नेमा आफू आशावादी भएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।

गत मङ्सिर २१ गते अपरिचित  व्यक्तिको अपहरणमा परी  ग्राङ क्षेत्रमा हत्या गरिएकी छ वर्षीया बालिका सुमिना तामाङका अभिभावकको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र प्रहरी प्रमुख सुवेदीले सुरक्षाको सुव्यवस्था मिलाउन प्रहरी प्रशासन सदैव दृढ रहेकाले धैर्य गर्न पीडित पक्षलाई सहानुभूति प्रकट गर्नुभएको छ । यसरी प्रहरी प्रशासनका सरकारी अधिकारी पीडितको घरमा पुगेर दिएको सान्त्वना भने यस क्षेत्रको इतिहासमा पहिलो भएको ग्राङ बासिन्दाले बताएका छन् ।

बालिकाको हत्यापछि त्रसित भएका ग्राङ क्षेत्रका आम अभिभावकसामु स्थानीयस्तरमै प्रजिअ र प्रहरी प्रमुखको उपस्थितिबाट सुरक्षा व्यवस्थामा थप मजबुत पार्ने बचन पाएपछि त्रसित आफ्ना वडामा बसोबास गर्ने बासिन्दाको मन क्रमिकरूपमा उत्साहित बन्दै गएको कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्पा तामाङले जानकारी दिनुभयो । रु १० हजार बराबरको सुनका मुद्रा कानमा भएकै कारण हत्याराको हातबाट बालिकाले ज्यान गुमाउनुपरेको थियो ।

अधिकांश समय शान्त रहने रसुवा जिल्लामा फाट्टफुट्ट  हुने  घटनाले मानिसको ज्यानै जान थालेपछि भावी दिनका लागि आफ्ना सुरक्षा एकाइमार्फत ग्रामीण बस्तीका टोलटोलमा थप सुरक्षा संयन्त्र अपनाइसकिएको प्रहरीले बताएको छ । अपराधीलाई हदैसम्म कारवाही हुनेमा पीडित परिवार आशावादी भएको बताउँदै वडाध्यक्ष तामाङले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको सहयोग महत्वपूर्ण रहेको जानकारी दिनुभयो । 

घटना घटाएको आरोपमा पक्राउ परेकी नुवाकोट किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया सपना तामाङले ती बालिकाकाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेकी छिन् । गाउँ समाजमा घटेको घटना वा घटना घट्न सक्ने सम्भावना देखिएमा त्यस्तो सूचना उपलब्ध गराई सुरक्षा व्यवस्था मजबुत पार्ने कार्यमा सहयोग गरिदिन सबै रसुवाली नागरिकसमक्ष आग्रह गरिएकोसमेत जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।