२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकारस्ँग आग्रह गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा सौर्य एयरलाइन्स दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकासँग आग्रह गरिएको हो ।

बैठकका बारेमा जानकारी दिँदै पार्टीका नेता जगन्नाथ खतिवडाले सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा गहन अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउनेबारे छलफल भएको बताउनु भयो । मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेको बताउनु भयो । उहाँले बैठकमा पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिन बैठक बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिनको निम्ति ९३ जना सर्वसम्मत भएर निर्वाचित भएको केन्द्रिय कमिटीको बैठक बसेको हो । यो बैठक २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, त्यसका मापदण्डहरु र त्यसलाई कसरी चाँडो भन्दा चाँडो सम्पनन गर्न सकिन्छ भन्ने विषयमा र यसमा के कस्ता समस्याहरु तल प्रदेशले झेलिरहनुभएको छ, त्यो प्रदेशका समस्याका बारेमा पनि छलफल गर्नेगरी आज हामी बसेका छौँ । कमिटीलाई पूर्णता दिने भन्ने विषय नै मुल कुरा हो । सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा प्राविधिक पक्ष के थियो ? त्यसको छानबिन तत्काल गर्न र उपयुक्त समाधान निकाल्नुपर्ने । मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने ।’

उहाँले बैठकमा २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, मापदण्ड र चाँडो सम्पन्न गर्ने भन्नेबारेमा छलफल हुने बताउनु भयो ।